स्वाधीनता
ती
गोरे
फिरङ्गी
खेदाउ न
युवा देशका
एकत्रित हुँदै
गुञ्जियो विरोधमा
फैलियो सङ्ग्राम यहाँ
फाँसीमा चढे देशभक्त
अठोट स्वाधीनता देशको
कटाए जीवन जेलमा
मरे कैयौँ सङ्ग्राममा
जितेर स्वाधीनता
खेदाए शत्रु ती
भा र त बा ट
फ ह रा ए
त्रि र ङ्गा
आफ्नै
त्यो |
चन्द्र भट्टराई
विश्वनाथ असम