Trending Now

रम्बास कविता: पुरुष

पुरुष


ठुलो
दायित्व
काँध माथि
म   हूँ   पुरुष
बाबाको    भरोशा
आमाको    ठुलो आशा
ठान्छिन्   योग्य पति उनी
समाजको     कोल्टे    नजर
निभाउँछु  छोराको    कर्तव्य।
गर्छु  म  कर्ममा  विश्वास
बन्नु छ आदर्श पिता
घोटिन्छ आवरण
हुन्न निरुत्साह
कर्मठ मन
कटिबद्ध
कर्ममा
छोरो
हूँ।

गीताश्री शर्मा
गान्तोक सिक्किम

Comments are closed.