रम्बास कविता:समय

 

समय


पल,
अयन,
गति मय
अवस्थामा छु।
सर्व    शक्तिमान
अत्यन्तै      मूल्यवान
निरपेक्ष     सर्वदा     म ,
को राजा को प्रजा चिन्दिन
काल र अवसर नाम हो
सफलताको मूलमन्त्र म
समयको    नियोजन
गर्नेको साथमा छु।
को हूँ मित्र ,शत्रु ?
हातमा तिम्रो
खेल मेरो
स म य
छा न
त।

हिरा शर्मा ,
बिश्वनाथ,असम,भारत ।