माकुरो
म
झार्छु
ऊ बुन्छ
बा र म्बार
थाकेर हार्छु
हार्दैन कहिल्यै।
आदर्शको मिशाल
उच्चाकांक्षी त्यो माकुरो
धेरैचोटी प्रयास गर्छ
हामी लक्ष्यबाट बिचलित
छिट्टै हार्ने मान्छेको जात
डर, शंकामा डुबेर
पछि हट्ने गर्दछौं
हुँदैन यसरी
हाम्रो उन्नति
सबै मिली
बचाउँ
लाज
ल।
कुञ्ज देवी उपाध्याय
शीवसागर,असम