रम्बास् कविता:अनागत

अनागत

यो
घाम
किन हो
आउँद छ
सधैँ   लुकेर
मन   बगैंचामा
अनि  छोडेर जान्छ
रात  भरिको    वेदना
सहेर    बस्दै     चुपचाप
पर्खिन्छु अर्को घाम जन्मिन
ओडार भित्रको यन्त्रणा
सकिन्छ एकदिन त
पखालेर कालिमा
हातेमालो गर्दै
नदीको पारी
घाम जून
एक भै
स धैँ
नै |

मोहन सुवेदी
तेजपुर, असम