पश्चाताप
ऊ
गर्छ
विस्वास
भाग्य माथि
गर्दैन कर्म
गर्छ धेरै अल्छी
छ भरोसा ग्रहमा
हेर्छ पात्रो बारम्बार
मुस्कुराउँछ रमाउंँछ
फेरि झसंग हुँदै भन्छ ऊ
भाग्य कर्ममा नै बस्दछ
गुमाएँछु मैले सबै
आफैँलाई धिक्कार्छ
कति मुर्ख भएँछु
समय भाग्दै छ
मेरो अगाडि
प र्खि दै न
मलाई
अब
त।
पद्मावती देवी ढुंगाना
ओदालगुड़ी आसाम