कलम
लौ
लेऊ
कलम
भावातीत
मनका राग
कल्पनामा डुब्दै
यै पानामा उतार्छु
भावनाको अन्तर्द्वन्द्व
ठेकीरूपी मस्तिष्क भित्र
विचारको मदानीले फिट्दा
सङ्लिएको नौनी घ्यूजस्तै
छन् बसेका सङ्लिएर
खारिएर पस्किन
रम्बास शैलीमा
सबैको माझ
चाखलाग्दो
तिख्खर
भाव
यो।
प्रीति आत्रेय ज्ञवाली
बुटवल हाल कम्बोडिया