रम्बास कविता:दामिनी

दामिनी

हो
हामी
नारी  हौँ
छ  छुट्टै नै
अस्तित्व हाम्रो
नसोच    कदापि
निरस्त्र    हामीलाई
छ  सामर्थ्य  पुरुष  झैँ
अदम्य    धैर्य   छ  मुटुमा
नठान  अवला  असहाय
दम्भ छैन  हाम्रो अनर्थ
बन्न सक्छौँ कृपासिन्धु
बन्न सक्छौँ दामिनी
सृष्टि पनि हामी
ध्वंस पनि हौँ
जा नि ले ऊ
य था र्थ
य ही
हो।

रेखा भट्टराई
ओदालगुढी असम

Comments are closed.