मकै
हो
म कै
भुटेको
प ट ट ट
रम्बास पनि
भुटिंदैछ यहाँ
एकसौ वर्ण पनि
भुटिए प ट ट
उन्नाइस पंक्तिमा सधैँ
भुट्टिन्छन् बिचरा शब्दहरू
लालायित सृष्टिकर्ता छन्
गर्भ बोक्ने मनहरू
रम्बास नै जन्मिन्छन्
सर्वत्र हुर्किन्छन्
फुल्छन् फल्छन् यी
व न स्प ति
र म्बा स
कृ ति
हुन्।
रेवतीरमण सापकोटा
ओदालगडी, आसाम