पोते
म
छक्क
प रे र
हेरी बस्छु
मेरो सौभाग्य
त्यो रङ्गी विरङ्गी
बाँधीएर टल्किने
लुङहरू ती पोतेका
स्पन्दन रे नारीहरूको
सबैको दृष्टि पोतेमा मात्रै
बिचरा धागो! छोप्यो कठै!
तत्व बुझ्दैनन् उसको
श्रृङ्खला मिलाएर
श्रृंगार पारेर
सौभव्य वती
ब ना उ ने
लुकेको
धागो
ऊ!
शीला दाहाल
गुवाहाटी,असम