रम्बास् कविता :बाटो

 बाटो


देख्छु
नि:स्वार्थ
सीमा   हीन
निश्चल     बाटो
हिँड्छ मान्छे सधैँ
अघि    जाने   क्रममा
खुल्ला    छाती ब नाउँदै
आफ्ना   पैताला   ओगटेर
धैर्यको   महारथी  बनेर
गर्दैन   पक्षपात   केही
अँगाल्छ सबैलाई ऊ
शान्त, शिष्ट भावले
अरूको खुसीमा
डाह नगरी
खुसीसाथ
मस्त भै
बस्छ
ऊ |

सुरज खनाल
खोक्सागुरी, कोक्राझार असम