रम्बास् कविता:प्रेयसी

प्रेयसी

छिन्
प्यारी
प्रे य सी
हृ द य मा।
उनी असाध्यै
अविच्छिन्न सङ्गी।
सक्दिन  टाढिन   म,
वृथा  जीवन  उ   बिना।
एकाङ्गी   छौँ   जन्मिएदेखि।
धुकधुकीमा, सर्वाङ्गमा छिन्।
मेरो  श्वाससँगै  स्पन्दित
शरीरसँग     कम्पित
उनकोअस्तित्व छ।
को  छ  र मेरो
उनी बाहेकरु
प्राण मेरो
प्रेयसी
जस्तै
छिन्।

खडानन्द शर्मा दुलाल
असम