रम्बास् कविता:कविता

कविता


ईच्छा
जिउँदै
एकदिन
लेख्छु कविता
नपत्याउ भैगो१
वाचा गरेकी छिन
आउँछु  कुनै  दिन म
कुनै   मानिस  देवदूत
जब बन्छ, तब हाँस्छ काव्य
प्रकाशै  प्रकाश  केवल
आत्मविश्वास  समल
ढुङ्गाले गाउँदैछ
सुन्दैछ मानिस
बुटो हाँस्दैछ
तृप्त हुँदै
कविता
त्यहीँ
छ।

अर्जुन उप्रेती (अप्रतिम)
असम