जुको
ऊ
चुस्छ
र ग त
बाँच्न आँफू
हत्यारा हो ऊ
मार्ने अरूलाई
रगत चुस्दै बाँच्छ
बसिदिन्छ शरीरमा
थाहै नपाई चुसिदिन्छ
बेहोस बनाउँछ शरीर
हजारौँ लाखौँ छन् त्यस्ता
मार्दै अरूलाई बाँच्ने
होशियार हुनुछ
त्यस्तादेखि सधैँ
जीवन जान्छ
न जा न्ने को
होस् राख
पापी
छ
देवीचरण सेडाईँ
असम