रम्बास कविता:जिन्दगी

जिन्दगी

हो

यहाँ

रोएर

कसलाई

फरक पर्छ ?

बाटो त आफैंले

निकास  खोज्नुपर्छ।

जिउनेको साथ हुन्छन्

मर्नेको त को पो हुन्छन् र?

जिन्दगी   एउटा   समर   हो।

रुँदै  जिउँदै  मर्नु  भन्दा

हाँसेर  नै लड्नु  सिख

खुसी    देखिनेहरू

रोएकै नै हुन्छन्

मुखौटा भित्र

चिहाउन

कसले

सक्छ

र!

नीता तामाङ,

दार्जिलिङ