मन्त्री
ऊ
हाम्रो
से व क
प्रतिनिधि
हामी सबैको
मान सम्मानको
ऊ हाम्रो हर्ताकर्ता
हामी सबैले चुनेको
जनहितकारी मन्त्री हो
तर आज के संकट आयो।
रक्षक नै भक्षक बन्यो
कस्तो परिवर्तन यो
काँचुली फेरे जस्तो
टलक्क टल्किन्छ
कालो सर्प झैँ
डर लाग्दो
बुझ्नै पो
गाह्रो
भो।
गिरि धारी उपाध्याय
असम