रम्बास् कविता:अदृप्त

अदृप्त


भएँ
अदृप्त

अभिलाषा
महत्वाकांक्षा
निमिट्यान्न पार्दै
तपस्वीको स्वरूप
शान्त, स्निग्ध मुहार
धिपिक्क बलेको दियो
पिर ब्यथा बिलाएकाछन्
अग्निकुण्डको बलिवेदीमा
अस्तित्वको अस्तु झिकेर
बौरिएको अभिमान
गर्जिन्छ बिनासित्ती
सन्त्रास     बनेर
बेला मौकामा
मेरो सामु
उभिन्छ
अ झै
झन् |

एलपी पराजुली,
कपन काठमाडौं