चुल्हो
छ
हेर्दा
ओसीलो
ढुङ्गे चुल्हो
काँचा दाउरा
बल्दैन आगो
गरीबिको छ पीडा
आँखामा लुक्छ निराशा
त्यो लाला बालाको रोदन
पटुकी बाँधेको कम्मरमा
छैन दाल चामल भाँडामा
परदेशमा छन् बाबा
धिप धिप छ टुकि
गरिबीको पिडा
आँशुमा लुक्छ
भोक भन्दा
भोजन
ठूलो
यो।
सृजना नेपाल (सुवेदी)
इटहरि नेपाल