रम्बास् कविता:चुरा

चुरा

यी
शोभा
हा त का
नारी   प्रिय
छनन बज्छन्
साँझ   र   बिहान
कर्तव्य   बोध  चुरा
घरका   कुना   कुनामा
चुलो   र  भाँडाहरू   साथ
सुन्छन्  मात्र  चुराका  छनछन्
कस्ले  बुझेको  होला  व्यथा
किन र कति बज्छन् यी!!
कति व्यस्त छन् चुरा
कति थकित छन्
कहिले कहीँ
बाध्यता नै
र ह र
बन्छ
रे!

कुसुम गौतम
टमू

म्यान्मा