“छलकार”
@@@
यो
मुटु
खाँदैछौ
कुटु कुटु!
मेरो सामुन्ने
साकाहारी बन्छौ।
मन बिनाको प्रीति,
मसँग गास्दै छलेर,
बफादार बन्यौ रोएर,
अन्तै दिल गास्यौ लुसुलुसु
मुटु खाने साकाहारी र,
धात गर्ने बफादार
पासो थाप्न तैयार,
यिनको पेसा हो।
म त फँसेछु,
बचाउ है,
“हृ द य”
चिर्ला
नि!
टंक सिटौला
भोलाझार आसाम