राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौँ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३ हजार ८ सय दुई मतभारका साथ पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् ।

पौडेलका प्रतिस्पर्धी नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाएका छन् ।

राष्ट्रपतिमा विजयी पाैडेलले २ सय १४ संघीय सांसदकाे मत पाएका छन् । प्रदेश सांसदबाट पाैडेलले कुल १६ हजार ८ सय ९६ मतभार पाएका छन् । त्यस्तै, ३ सय ५२ प्रदेश सांसदकाे मत पाएका छन् । प्रदेश सांसदबाट कुल १९ हजार ९ सय ८ मतभार पाएका छन् ।

सुवास नेम्वाङले भने ९८ संघीय सांसदकाे मत पाएका छन् । यी सांसदबाट नेम्वाङले ७ हजार ७ सय ४२ मतभार पाए । त्यस्तै, उनले १६२ प्रदेश सांसदकाे मत पाए । यी सांसदबाट उनले ७ हजार ७ सय ७६ मतभार पाएका हुन् ।