गजल:रञ्जना निरौला

जसरी शिशिर पछि नयाँ वसन्त रमाऊँछ
माने जवानी पछि बुढ़यौली आई दुखाउँछ !
जीवन उक्लेको उक्लेकै छ उमेरको पहाड
अबत चौतारीमा रोग आऊँछ असक्तले सताउँछ !
गर्नुपर्ने त पुण्य थियो मानव चोलाले
खै ! गणित गर्दा पापको अंक पो बढी जनाऊँछ !
सम्पन्न छु भनेर घमण्ड गर्दै थियो ऊ
व्यर्थ ! रहेछ ख़ालीहात मर्नेबेला बुद्धी पलाऊँछ !
जीवन जिउँदो भन्ने भ्रममा परिरहेकी थिएँ म
ए..अबत विस्तारै मृत्यु आऊँछ चिहानसम्म पुर्याउँछ !!