रातो मछिन्द्रनाथको रथयात्रा सुरु

ललितपुर : करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।

यो वर्षको लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ। आज अपराह्न पुल्चोकबाट मछिन्द्रनाथको रथ तान्न थालिएको हो। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर न:बहालसम्म पुर्‍याइएको छ।आज गा:बहालसम्म रथ पुर्‍याइनुपर्ने भए पनि रथ हल्का ढल्केकोले न:बहालसम्ममात्रै रथ पुर्‍याइएको हो। भोलि भने रथलाई मिलाएर गा:बाहाल पुर्‍याइनेछ। भोलि गा:बहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मंगलबजार पुर्‍याइनेछ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइन्छ।