आज राति १२ बजेबाट रौतहटका सीमानाका बन्द हुने

रौतहट । शुक्रबार राति १२ बजेबाट रौतहटमा भारतीय सीमानाका बन्द हुने भएको छ । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनलाई भयरहित, मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका रौतहटको लतमरी, मठिया महुलिया, मनमोहन गेट, बन्जारहा, जयनगर र बारबा नाका आज राति १२ बजेदेखि आइतबार बेलकी ५ बजेसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले इशनाथ, गढीमाई र राजपुर नगरपालिकामा हुने मतदान नसकिएसम्म सीमा नाका बन्द रहने जानकारी दिनु भएको छ । मंसिर १६ मा जिल्लाका राजपुर, इशनाथ र गढीमाई नगरपालिकामा वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको छ ।
Comments (0)
Add Comment