घट्याे पेट्राेल र डिजेलकाे भाउ, ग्यासकाे यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट विहीबार प्राप्त नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो ।

विहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ ।

एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो १६० रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।