द्वन्द्वका घटना बारम्बार बल्झाइराख्नु मानवअधिकार उल्लङ्घन हो : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताएकी छन् ।

शुक्रबार मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । द्वन्द्वका घटनालाई लिएर घटनालाई बारम्बार बल्झाइरहनु पनि एक प्रकारको मानवअधिकार उल्लङ्घ हुने भन्दै यसलाई तत्काल समाधान गर्न आवश्यक रहेको बताइन् । उनले सरकारले मानव अधिकार उल्लंघन घटनाहरु मुख्य रुपमा द्वन्द्व र युद्धको अवधिमा भएका घटनाहरुलाई टुंग्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक ल्याएको बताइन् । सरकारले ल्याएको विधेयक अहिले संसदिय समितिमा उपसमिति बनाएर करिव अन्तिम चरणमा पुगेको बताइन् ।

मन्त्री शर्माले मानवअधिकार उल्लङ्घनलाई टुंग्याएर समाजमा मेलमिलापको अवस्थामा जानुपर्ने र सबै मिलेर देशलाई समृद्धिको दिशा लैजाने पर्ने ठाउँमा फेरि पछाडि फर्केर आरोप प्रत्यारोपमा लाग्न नहुने बताइन् । उनले पछिल्लो समय द्वन्द्वका घटनालाई लिएर आरोप प्रत्यारोपमा गर्नु ठिक नभएको भन्दै नेपालले सदाका निम्ति टुंग्याउनुपर्ने बताइन् । उनले सधैँभर नेपाल द्वन्द्वमा छ, नेपालमा शान्तिप्रक्रियाको काम टुङ्गिएको छैन र नेपालले शान्तिप्रक्रियाको काम टुंग्याउन सक्दैन भन्ने सन्देस बाहिर जानु बेठिक भएको बताइन् । उनले सरकारले संक्रमणकालिन न्यायसम्बन्धि ऐन टुंग्याउने काम प्राथमिकतामा राखेको बताए । सरकारले अझ संसदबाट टुंग्याउने भनेर लागेको तर बढी महत्वपूर्ण भएकाले समितिमा लगेर छलफल भइरहेको बताए । उनले ऐन बनेपछि नेपालमा भएका गम्भिर उल्लङ्घनका घटनाहरुमा कतिलाई आम माफी दिनुपर्ने,कतिलाई सजाय गर्नुपर्ने विषयमा अगाडि बढाउन सजिलो हुने बताए ।

उनले भने, ‘सरकारले मानव अधिकार उल्लङ्घनका घटनाहरु मुख्य रुपमा द्वन्द्व र युद्धको अवधिमा जेजति भए त्यस्ता घटनाहरुलाई टुग्याउनुपर्छ भनेर सत्यनिरुपन मेलमिलाप आयोग सम्बन्धि विधेयक अहिले संसदिय समितिमा छ । उपसमिति गठन भएर करिव अन्तिम चरणमा पुगेको छ । सँधै हामीले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि एक प्रकारको मानवअधिकार उल्लंघन होकी जस्तो लाग्छ । एक पटक मानवअधिकार उल्लङ्घन भयो तर त्यसबाट बिस्तारै घाउ सेलाउँदै जानुपर्ने समाजमा मेलमिलापको अवस्थामा जानु पर्ने र सबै मिलेर देशलाई समृद्धिको दिशा लैजाने पर्ने ठाउँमा फेरि पछाडि फर्केर आरोप प्रत्यारोप जे गरी रहेका छौं । ठिक गरिरहेका छैनौं । त्यसकारण हामीले सदाका निम्ति टुंग्याउनु पर्छ । सधैँभर नेपाल द्वन्द्वमा छ । नेपालमा शान्तिप्रक्रियाको काम टुङ्गिएको छैन । नेपालले शान्त्रिप्रक्रियाको काम टुंग्याउन सक्दैन भन्ने सन्देश गएको छ त्यो जानु आफैँमा बेठिक हो । सरकारले संक्रमणकालिन न्यायसम्बन्धि ऐन टुंग्याउने काम प्राथमिकतामा राखेको छ । सरकारले अझ संसदबाट टुंग्याने भनेर लागेको तर बढी महत्वपूर्ण हो । समितिमा लगेर छलफल गर्नुपर्छ भनेर आवाज धेरै उठ्यो । सम्भवतः छिटै टुंग्यो लाग्छ । टुंग्यो लगेपछि नेपालमा भएका गम्भिर उल्लङ्घनका घटनाहरुमा कतिलाई आम माफि दिनुपर्ने ,कतिलाई सजाय गर्नुपर्ने विषयमा उल्लेख भएको छ । त्यो सबै विषयमा अगाडि बढाउन सक्छौं । अहिलेसम्म पनि बेपत्ताकै अवस्थाले परिवारको अवस्था झन धेरै गाह्रो हुन्छ ।’

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले मानव अधिकार अभिलेख केन्द्र युरोप लगायतका देशहरुबाट आउने र नेपाली विद्यार्थीहरुका लागि ठूलो शिक्षाको केन्द्र बन्ने बताउनु भयो। उहाँले अभिलेखका माओवादी तथा नेपाली सेनाले गरेका घटनाहरुलाई राखिएको बताए ।

उनले सरकारले मानव अधिकारको विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए । उनले आयोगले संक्रमणकालिन न्यायसम्बन्धि ऐनका विषयमा पनि धेरै सुझावहरु दिएको बताए । उनले मानवअधिकार आयोगमा काम गर्ने कर्मचारीहरुको सेवा सुविधामा पनि सुधार गर्न आवश्यक रहेको बताए ।