Trending Now

सन्तोष श्रेष्ठको संगीत कुमार सानु र देविकाको स्वर

काठमाडौं ।

कुमार सानु र देविका बन्दनाको स्वर तथा सन्तोष श्रेष्ठको संगीतमा ‘तिम्रो मायाको सागरमा’ बोलको रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीले अभिनय गरेका छन् । गीतका शब्द सुरेन्द्र महर्जन ‘अमर’ले लेखेका छन् । गीतमा शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन छ ।

गीत अनुसार प्रियंका र आयुष्मानको अभिनय उत्कृष्ट रहेको भन्दै देविकाले यो गीतबाट आफूले धेरै आशा गरेको बताइन् । गीतको अरेन्ज राजु कार्कीले गरेका छन् । निकेश खड्काको निर्देशनमा म्युजिक भिडियोको छायांकन बुद्ध थापाले र सम्पादन विकास धमलाले गरेका छन् । बुधबार राइजिङ मलको हलमा आयोजित औपचारिक कार्यक्रममा बसुन्धरा भुसाल, संगीता प्रधान र शर्मिला मल्लले संयुक्त रुपमा गीत सार्वजनिक गरेका थिए । गीत देविका बन्दनाको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

Comments are closed.