शानको ‘मायाको धुन’ सार्वजनिक

काठमाडौं : शान भुसालको नयाँ गीत ‘मायाको धुन’ सार्वजनिक भएको छ। पार्टी लभर लक्षित यो गीतमा रीतिका श्रेष्ठको शब्द रहेको छ भने शान भुसालले नै सङ्गीत भरेका छन्।

उत्पादन अल्मोडा राना उप्रेतीको रहेको गीतमा प्रदीप लामा र केविका कार्कीको अभिनय देख्न पाइन्छ। भिडियोको निर्देशन प्रदीप लामाले गरेका छन्। गीतको छायाङ्कन दोलालघाट र नगरकोटमा गरिएको गायक तथा सङ्गीतकार भुसालले बताए।

गीतको रेकर्डिङ अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गरिएको हो। गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो। करिब २ दशक शास्त्रीय सङ्गीतमा साधनारत गायक भुसालका २ दर्जनभन्दा धेरै गीत रेकर्ड भएका छन। गायक तथा सङ्गीतकार भुसाल हाल अमेरिकामा छन्।

(भिडियाे)