कल्पना खरेलको उपन्यास ‘रानीतलाउ’विमोचन

नेपालगञ्ज, फागुन  । यौनवादी लेखिकाका रूपमा आफ्नो परिचय बनाउनुभएकी कल्पना खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’ नेपालगञ्जको ऐतिहासिक रानीतलाउको किनारमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

सो उपन्यासको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव कथाकार सनत रेग्मी, प्राज्ञहरू महानन्द ढकाल, शशिराम कार्की र हरिप्रसाद तिमिल्सिनाले संयुक्त रूपमा विमोचन गर्नुभयो । समालोचकहरू लेकप्रसाद प्याकुरेल र चरित्रा शाहले कृतिमा समेटिएका विषयवस्तु, लेखन शैली र उपन्यासले दिन खोजेको सन्देशमाथि चर्चा गर्नुभएको थियो ।

प्रमुख अतिथिका तर्फबाट मन्तव्य राख्दै प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव कथाकार रेग्मीले रानीतलाउ उपन्यास गम्भीर पाठकका लागि नभएर युवालाई मध्यनजर गरेर लेखिएको उपन्यास भएको बताउनुभयो । वरिष्ठ साहित्यकार किरण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज आसपासका दुई दर्जनभन्दा बढी साहित्यकारको उपस्थित रहेको थियो ।

Comments are closed.