कवि कृष्ण प्रधानको नयाँ कवितासङ्ग्रह “हराएको गाउँको द्यौता” लोकार्पण गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा कवि प्रधानका समकालीन मित्र तथा आफन्तहरूद्वारा उक्त सङ्ग्रहको विमोचन गरिएको हो ।
विमोचित कृतिमाथि समालोचक प्रमोद प्रधानले निकै गहन समालोचना प्रस्तुत गर्नु भएको थियो भने कविद्वय विश्वविमोहन श्रेष्ठ र महेश प्रसाईं तथा ‘शब्दाङ्कुर’का प्रधान सम्पादक धीरकुमार श्रेष्ठले पाठकीय मन्तव्य व्यक्त गरेका थिए। चारै जना वक्ताहरूले कृष्ण प्रधानको लेखन उर्जाको प्रशंसा गरे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरेले कृष्ण प्रधानसँगका विद्यार्थीकालको सम्झना गर्दै आफू, कवि प्रधान र अर्का उपस्थित कवि डा. विष्णु राईले विद्यार्थी जीवन सँगसँगै बिताएको प्रसङ्ग सार्वजनिक गर्नुभयो।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव गोकुल अधिकारीद्वारा गरिएको थियो।
करीब डेढ घण्टा लामो उक्त समारोहमा स्रष्टाहरू नरेन्द्रबहादुर श्रेष्ठ, रमेश गोर्खाली, दिव्य गिरी, श्रीओम श्रेष्ठ रोदन, जयदेव भट्टराई, डा. विष्णु राई, किशोर पहाडी आदिको उपस्थिति थियो।
Trending Now
- Indian Ambassador to Nepal, Shri Naveen Srivastava inaugurated 2 school projects
- Embassy of India in Kathmandu hosted the 2023 edition of Ambassador’s Invitational Golf Tournament in Gokarna Forest Resort
- Russian President announces plan to station tactical nuclear weapons in Belarus
- IMF Chief urges action as global recession risks rise
- परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन
- नेपालको सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्व मञ्चबीच युवा उद्यमशीलता प्रबद्र्धन गर्न सहकार्य समझदारी
- Nepal Ambassador to India, Dr. Shankar P Sharma presented Investment and Tourism prospects in Nepal at the International MSME Business Conclave 2023 in Lucknow
- Embassy of India, Kathmandu celebrated the 58th Indian Technical & Economic Cooperation (ITEC) Day on 24 March 2023 at the India House
- PM Prachanda decides to expand cabinet by Monday
- UNICEF India Celebrity Advocate Kareena Kapoor Khan promotes reading and foundational learning for young children
Comments are closed.