प्रवेश पौडेलको चलचित्र ‘बिहे पास’को पोस्टर सार्वजनिक

प्रवेश पौडेलको निर्देशन रहेको नेपाली चलचित्र बिहे पास’ को पोस्टर सार्वजनीक भएको छ।

बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बिहे पास’को टिमले शिबरात्रीको दिन पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक तीन पोस्टरमा प्रमुख कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ।

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको छ।

फस्र्टलुक सार्वजनिकसँगै चर्चामा रहेको फिल्मको टिजर फागुन १० गते बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याउने तयारी भएको  निर्माण पक्षले जनाएको छ।

Comments are closed.