क्षेत्रीको ‘फूल रसैले’  गीत सार्वजनिक

काठमाडौं : सफल नृत्य निर्देशक तथा कलाकारसुनिल क्षेत्रीको ‘फूल रसैले’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा समिक्षा अधिकारी र महेन्द्रराज बरालको स्वर रहेको छ। यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीतमा क्षेत्रीलाई अभिनयमा करिश्मा शाहीले साथ दिएकी छिन्।

अमृत चापागाईको सम्पादन रहेको गीतमा करण केसीको छायाँकन रहेको छ। गायक बरालको अफिसियल युट्युव पेजबाट सार्वजनिक गीतलाई क्षेत्रील नै निर्देशन गरेका हुन्।