Trending Now

गायक राजु ढुङ्गेलको‘माइतीघर’ गीत

काठमाडौँ, । कलाकार तथा गायक राजु ढुङ्गेलको मौलिक पञ्चेबाजामा आधारित माइतीघर    गीत बजारमा आएको छ । गायक ढुङ्गेलले आफैँले संरक्षण गरेको भाका माइतीघरमा ढुङ्गेलको सङ्गीत छ ।

माइतीघर गीतमा ढुङ्गेलले अन्तरा बनाएर सङ्गीत गर्नुभएको छ । ओखलढुङ्गा, खोटाङ, ताप्लेजुङ, भोजपुर, पाँचथरलगायतका पूर्वी जिल्लामा बनाइने पञ्चेबाजा भाकामा आधारित भएर गीत निकालेको हुँ,गायक ढुङ्गेलले भन्नुभयो,“माइतीघर गीतले पूर्वको मौलिकता संरक्षण गरेको छ ।”

उक्त गीतको कोरियोग्राफर याम गुरुङले गर्नुभएको छ भने मोडलमा रिना थापामगर हुनुहुन्छ । यस्तै बेहुलीको भूमिकामा आश्रिका न्यौपाने र बेहुलाको भूमिकामा प्रवेश थापा हुनुहुन्छ । यो गीतको शब्द दीपक थापा, भाका सङ्कलक तथा संरक्षक राजु ढुङ्गेल हुनुहुन्छ । यो गीतको सन्देश पञ्चेबाजालाई जोगाइराखौँ भन्ने हो । ढुङ्गेलले बेहुली अन्माउँदा बजाउने भाकालाई संरक्षण गर्न खोजिएको बताउनुभयो । बेहुलीको बाबाले छोरीलाई अन्माएर पठाउँदा खेरी गरेको गुनासो, गाउँले तथा स्वयं बेहुलीले  गरेको गुनासो गीतमा समेटिएको छ । गायकमा राजु ढुङ्गेल र रामकुमार नेपाली हुनुहुन्छ । माइतीघर गीतलाई लिम्दुनी क्रियशनले बजारमा ल्याएको हो ।

कलाकार ढुङ्गेल विगत २४ वर्षदेखि कलाकारितामा लाग्नुभएको हो । चार कक्षा अध्ययन गर्दै गर्दा देखि कलाकारितामा लाग्नुभएका ढुङ्गेलले पहिलो गीति एल्बम निकाल्न सुरुवात गरेको २०५७ सालदेखि हो । सुरुमा पूर्वेली कान्छो भाग एक, दुई र तीन एल्बम निकाल्नुभएको थियो । यस्तै सुपारी जनैको मालामा पनि स्वर दिनुभएको थियो ।

उक्त गीत भने कलाकार अभय ढुङ्गेलले बजारमा ल्याउनुभएको थियो । यस्तै गायक ढुङ्गेलले ‘अकबरी सुन गीति एल्बम’ निकाल्नुभएको थियो । उक्त गीतबाट गायक ढुङ्गेलले १८ औँ इमेज अवार्ड समेत प्राप्त गर्नुभएको थियो । त्यो गीतमा नवीन ढुङ्गेलले साथ दिनुभएको थियो । उक्त गीतको शब्द सङ्गीत अभय ढुङ्गेलको हो । यस्तै राजु ढुङ्गेलले ‘जोर मादल बज्यो मारुनी भाका’ एल्बम निकाल्नुभएको थियो । शब्द पिआर अटूँ, लयसंगीत अभय ढुङ्गेलको रहेको छ । गायकमा राजु ढुङ्गेल र मेलिना राईको स्वर छ । उक्त गीतमा गायक राजु ढुङ्गेलले अवार्ड प्राप्त गर्न सफल हुनुभएको थियो ।

Comments are closed.