Trending Now

अभिनेत्री ऋर्चाले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्रीकाे अवार्ड

काठमाडौँ – अभिनेत्री ऋचा शर्माले सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । ऋचाले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा यो अवार्ड जितेकी हुन् । अवार्डको घोषणा हालसालै भए पनि यसको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुनेछ । ऋचाले अवार्ड समारोहमा उपस्थितिका लागि फेस्टिभल आयोजकबाट निमन्त्रणा आइसकेको बताएकी छिन् ।

ऋचाले साउदी अरबमा अपराधमा कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् । यो फिल्मका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन् ।

साउदीमा अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ब्लड मनी भनेर चिनिन्छ । त्यही रकम जुटाउन ऋचाको चरित्रले गर्ने संघर्षलाई फिल्मले मुख्य विषय बनाएको छ । अभिनेत्री मिथिला शर्माले आमाको भूमिका निर्वाह गरेकी छिन् । अभिनयसँगै निर्माणमा पनि सक्रिय ऋचा अभीनित तथा निर्मित ‘कौसीद’ प्रदर्शनको तयारीमा छ ।

 

Comments are closed.