सुन चाँदीको भाउले रच्यो इतिहास

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको भाउले इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ भजे तेजाबी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो ।

चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।