आरआरआर अनिनेता रे स्टिभेन्सनको ५८ वर्षको उमेरमा निधन

एजेन्सी : दक्षिण भारतीय फिल्म आरआरआरमा खलनायकको भूमिकामा देखिएका आयरल्याण्डका अभिनेता रे स्टिभेन्सनको निधन भएको छ।

५८ वर्षको उमेरमा स्टिभेन्सनको मृत्यु भएको आरआरआरका निर्देशक एसएस राजमौलीले पुष्टि गरेका छन्। उनले एक ट्वीट गर्दै स्टिभेन्सको निधनप्रति दुःख व्यक्त गरेका छन्।

एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा अभिनेता रे स्टिभेन्सनले गभर्नर स्कट बक्सटनको भूमिका निभाएका थिए, जसलाई फिल्मका दर्शकले रुचाएका थिए।

आरआरआर बाहेक, रे स्टिभेन्सन ‘थोर’ र यसको सिक्वेल ‘थोरः द डार्क वर्ल्ड’ जस्ता बलिउड फिल्महरूमा पनि देखिएका थिए।

आयरिश अभिनेता रे स्टिभेन्सन हलिउड फिल्म उद्योगमा एक प्रसिद्ध अनुहार हो। रे स्टीभेन्सनको मृत्यु उनका फ्यानहरूका लागि ठूलो आघातको रूपमा आएको छ।

Comments are closed.