काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता सत्तारुढ दलको बैठक जारी छ । संवैधानिक परिषद्को बैठक सकिए लगत्तै सत्तारुढ दलको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।