Trending Now

बालगायक सचिन परियारको आईसीयूमा उपचार हुँदै,

बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि भाइरल बालगायक परियार महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएका हुन् ।

बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन ।

परिवारको कमजोर आर्थिक अवस्था भएका कारण उनलाई अनामनगरस्थित एक स्कुलले होस्टेलमा राखेर निःशुल्क पढाउँदै आएको थियो । स्कुलमा अचानक बिरामी भएपछि उनलाई अस्पतालमा भर्ना गरेर उपचार गरिएको हो ।

अहिले उनको आईसीयूमा उपचार भइरहेको र स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अवस्था नराम्रोसँग बिग्रिएको उनी निकट कमल सरगमले जानकारी दिए । कमलले सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा तस्वीरसहितको सूचना पोस्ट गर्दै खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् । उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि उनले जानकारी दिएका छन् ।

यस्तै, सचिनका बुवाआमाले पनि उपचारमा सघाउन अपील गरिरहेका छन् । ‘१२/१३ वर्षको बाबु ३/४ वर्षको जस्तो भएको छ । एउटा आँखाले मात्रै हेर्छ । बोल्दै बोल्दैन्’ सचिनकी आमाले याचना गरेकी छिन् ‘सबैले माया गरेको बाबु हो । अहिले उ एकदमै विरामी छ ।’ आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि आर्थिक सहयोग गरिदिन आमाले अनुरोध गरेकी छिन् ।

सचिनको स्वास्थ्य अवस्थालाई लिएर कलाकारहरूले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गर्दै स्वास्थ्यलाभको कामनासहित सहयोगको लागि समेत आग्रह गरेका छन् ।

एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन् । जुन चर्चित समेत भएको छ । उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा छाएका थिए । उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा समेत अभिनय गरेका छन् ।

Comments are closed.