झापा : साहित्यकार विवश पोखरेललाई पुरस्कृति गरिने भएको छ । पोखरेललाई ‘अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता’ पुरस्कार प्रदान गर्ने निर्णय गरिएको रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले जानकारी दिएको छ ।
चारदशक भन्दा लामो समयदेखि नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा उत्कृष्ट सेवा गरे वापत पोखरेललाई एक लाख एक हजार एक सय एघार रुपैयाँ राशि सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए ।
प्रतिष्ठानले अन्य चार विधामा पनि पुरस्कार घोषणा गरेको छ । पुरस्कार आगामी बैशाख ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ओलीले जानकारी दिए ।