कविडाँडाले गर्यो विविध पुरस्कारको घोषणा

कविडाँडा साहित्य समाजको २० औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष पनि सम्मान तथा पुरस्कार वितरण गर्ने भएको

 

२०७९ बैसाख गते कविडाँडा साहित्य समाज चितवनको कार्यसमितिको बैठकले समाजको २०औँ वार्षिकोत्सव समारोह २०७९ जेठ १४ गते गृहनगरमै भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको

सो समारोहमा समाजले कविडाँडा राष्ट्रिय सुवर्णतुलसी काव्य पुरस्कार पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठलाई प्रदान गर्ने निर्णय समेत गरेको ३० हजार रूपैयाँ राशिको सो पुरस्कारसँगै सम्मानसमेत गरिने

 

यसैगरी कविडाँडा देवखीना स्मृति सम्मान तथा पुरस्कार मकवानपुर जिल्लाका वरिष्ठ साहित्यकार तुलसी थापालाई १५ हजार सय ६० रूपैयाँ सम्मान गरिने भएको

 

यस्तै चितवनका वरिष्ठ साहित्यकार रेशम विरहीलाई १५ हजार सय ६० रूपैयाँ नगदसहित सम्मान गरिने पनि सोही बैठकले निर्णय गरेको

 

यसैगरी कविडाँडा अविनाशी कृति पुरस्कार २०७८ सालमा प्रकाशित मोक्ष उपन्यासलाई प्रदान गरिने भएको यो उपन्यास सिर्जन अविरलले लेख्नु भएको हो उहाँलाई पनि १५ हजार सय ६० रूपैयाँसहित सम्मान गरिने भएको

यसैगरी कविडाँडा राष्ट्रिय युवा बागमयी प्रतिभा पुरस्कार

नवलपुर जिल्ला गैंडाकोट निवासी पत्रकार तथा गजलकार लेखाराम सापकोटालाई १५ हजार सय ६० नगदसहित सम्मान गरिने भएको

 

कविडाँडाले राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार समेत प्रदान गर्ने गरे पनि सोको घोषणा केही समय पछि गरिने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबि क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको