लंका प्रिमियर लिगमा बिकेनन् सन्दीप

काठमाण्डौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने लंक प्रिमियर लिग (एलपीएल) का अनसोल्ड भएका छन् ।

बुधबार भएको अक्सनको पहिलो चरणमा सन्दीप माथि लंका प्रिमियर लिगका कुनै टिमले खरिनद गरेनन् ।

लंक प्रिमियर लिगको अक्सनमा सन्दीपको बेस प्राइस ३० हजार अमेरिकी डलर थियो।

सन्दीप अघिल्लो संस्करणमा डम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए ।

तर व्यक्तिगत कारणले उनले लिग भने खेल्न पाएनन् ।

यस संस्करणको एलपीएल अक्सनको चरण बाँकी नै रहेकाले सन्दीपले लांका प्रिमियर लिग खेल्ने सम्भावना भने कायमै छ ।

आगामी संस्करणको एपीएल ३१ जुलाई बाट शुरु हुँदैछ ।