‘सत्यमोहन जोशी शताब्दी पदक’६० जनालाई  

 

काठमाडौँ—नेपाली भाषा, साहित्य, कला, पत्रकारितालगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ ।

त्रिमूर्ति निकेतनले नेपाली वाङ्मय क्षेत्रका शिखर व्यक्तित्व संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानलाई देशदेशान्तर पुर्याउन कुशल भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई उक्त पदक प्रदान गर्ने मंगलबार निर्णय गरेको हो ।

संस्थाका सदस्य सचिव नरेन्द्रराज प्रसाईंका अनुसार अजरमान जोशी, अनुराधा थापा, कृष्णगोपाल श्रेष्ठ, गोपालनाथ योगी, प्रमोद प्रधान, कञ्चनजंघा प्रसाईं, मणि लोहनी, सुशीला तामाङलगायत ५ दर्जनलाई यही जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा पदक समर्पण गरिनेछ । यस अघि २ सय २६ जना व्यक्तिहरुले पदक ग्रहण गरिसकेका छन् ।