काठमाडौँ इन्स्टिच्युट टेक्नोलोजी (किट) कलेजद्वारा माध्यमिकतह स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न

काठमाडौँ इन्स्टिच्युट टेक्नोलोजी किट कलेजको आयोजनामा टोखा नगरपालिका माध्यमिकतह स्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा टोखा नगरपालिका भित्रका २० विद्यालयका ७१ जना विद्यार्थीको सहभागिता रहेको थियो । ‘वर्तकान सन्दर्भमा विकास तथा आम्दानीको लागि प्राविधिक शिक्षाको महत्त्व’ विषयमा गरिएको उक्त निबन्ध प्रतियोगितको मुल्याङ्कन निर्णायक मण्डलमा साहित्यकार सन्ध्या पहाडी, साहित्यकार रञ्जना निरौला साहित्यकार महेश पौडेल रहनु भएको थियो ।


उक्त प्रतियोगितामा काठमाडौँ ग्लोवल स्कुलकी अनुशा गौतम प्रथम भएकी छन् । उनले रु १०,००० नगद सहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । लक्ष्मीपुर माध्यमिक विद्यालयका तसिर श्रेष्ठ द्वतीय हुन सफल भए । उनले रु ६००० नगद सहित प्रमाणपत्र प्राप्त गरे । यसै गरी विन्देयवासिनी मा. वि.का जीवन बराइली तृतीय स्थान प्राप्त गर्दै रु.४,००० नगद र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना स्थान प्राप्त गर्नेमा काठमाडौँ ग्लोवल स्कुलका सञ्जेल गोदार, काठमाडु युरो स्कुलकि दीक्षा गुप्ता रहेका छन् । उनीहरुले जनही २५०० नगद सहित प्रमाणपत्र प्राप्त गरे ।
यस्ता बौद्धिक कार्यक्रमले विद्यार्र्थीका आन्तरिक प्रतिभा प्रष्फुटित गर्न मद्दत पुग्दछ र विद्यार्थीमा सृजनात्मक अभ्यासको विकास हुन्छ भन्ने कुरा कार्यक्रमका आयोजक काठमाडौँ इन्स्चिट्युट टेक्नोलोजी किट कलेजका संस्थापक भक्त प्रल्हाद पाण्डेले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी टोखा नगरपालीकाका उपमेयर मुरारी तामाङले यस्तो प्रतियोगिताले विद्यार्थीमा पठन तथा लेखन संस्कृतिको विकास हुने र यस्ता कार्यक्रमहरुको लागि सदैव नगरपालिका सहयोगी रहने कुरा व्यक्त गनुभयो ।

साहित्यकार सन्ध्या पहाडीले निबन्धको मुल्याङ्कन निबन्ध लेखनको मापदण्ड अनुसार गरिएको र सबै सहभागी विद्यार्थीहरुको कोसिस अत्यन्त राम्रो रहेको कुरा बताउनु भएको थियो । कार्यक्रमको प्रायोजन सिद्धार्थ बैङ्कले गरेको थियो ।

Comments are closed.