एसइईको नतिजा यसरी हेर्न सकिनेछ

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार डेमोमा सफल भएमा आज दिउँसो नतिजा सार्वजनिक हुने छ।
केही समस्या देखिएमा भोलि (बिहीबार) नतिजा प्रकाशन गर्ने बोर्डको योजना छ। बोर्डले एसइई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिइसकेको छ।
एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि आज सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिएको छ। आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ।
एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।

थप संस्थाबाट यसरी हेर्नुहोस्