एसइई अपडेट: १ बजे बोर्ड बैठक बस्दै, तयारी पूरा भए नतिजा प्रकाशित हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डकाे बाेर्ड बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन निर्णयबारे बैठकमा बोलाएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले जानकारी दिए।
उनले भने,‘आज दिउँसो १ बजे बोर्ड बैठक बोलाएको छ,तर आजै नतिजा प्रकाशन हुन्छ चाहिँ भन्न सकिँदैन,सबै तयारी पूरा भएमा नतिजा प्रकाशन हुन्छ,नभए हुँदैन।’
२०८० सालको एसइई नतिजा आज प्रकाशन गर्ने बोर्डको भने तयारी छ। यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडेड (एनजी) उल्लेख गरिने बोर्डले जनाएको छ।
गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।