रहनुभएन वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्य

काठमाडाैं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षकाे उमेरमा निधन भएको छ ।

वैद्यकाे बिहीबार राति निधन भएको पारिवारले जानकारी दिएकाे छ । उहाँकाे सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे ।

बिहीबार बेलुकी स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएकाे थियाे । वैद्य लामाे समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्याे ।

नेपाली आधुनिक संगीतका सदावहार गायककाे पहिचान बनाउनुभएका वैद्यले लामाे समय सरकारी सेवा पनि गर्नुभएकाे थियाे । उहाँले ०६१ मा सहसचिव पदबाट अवकाश लिनुभएकाे थियाे ।

वैद्यका नेपाली र नेपालभाषामा थुप्रै गीतहरु लोकप्रिय छन् । सपना भुलाइ सारा आँसु पिएर जाऊ, आखैँमा रात गले बाटोमा हुरी चले, मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो, नेपाल मेरो उपहार भो, कति प्यासी छ जिन्दगी, जय नमो सिरि बुद्ध भगवान लगायत थुप्रै गीतहरु लाेकप्रिय छन् ।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् ।

उहाँकाे पशुपति आर्यघाट शुक्रबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।