एक वर्षमा सात सय ९२ प्रहरीले दिए राजीनामा

काठमाडौं । एक वर्षको अवधिमा सात सय ९२ प्रहरीले राजीनामा दिएका छन् । यो पछिल्लो तीन वर्षयताकै उच्च हो ।प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०–८१ मा राजीनामा बढेको छ ।२०७९–८० मा ६ सय ३३ तथा २०७८–७९ मा चार सय ९९ जनाले मात्र राजीनामा दिएका थिए । सुविधा कम तथा डिउटी धेरै हुने भएकाले तल्लो तहका धेरै प्रहरीले पेन्सन अवधि पुगेपछि राजीनामा दिने गरेका छन् ।
कतिपयले पेन्सन अवधि नै नपुगी राजीनामा दिने गरेका छन् । तल्लो तहका प्रहरीले १६ वर्षमै पेन्सनको सुविधा दिन माग गर्दै आएका छन् ।हरेक सरकारले बोलीमा त्यसलाई सम्बोधन गर्ने बताएपनि कार्यान्वायनमा भने प्राथमिकता दिएका छैनन् । जबकी नेपाली सेनामा चार वर्षअघि नै यो प्रावधान कार्यान्वायन भइसकेको छ ।