मारवाडी सेवा समितिबाट सात जनाले पाए निःशुल्क कृत्रिम खुट्टा

 

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर गौशालामा रहेको मारवाडी सेवा समिति नेपालले कृत्रिम खुट्टा निःशुल्क वितरण गरेको छ । समितिले नियमित रुपमा गर्दै आएको उक्त कार्य शनिबार पनि निरन्तरता दिइएको हो ।समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले विभिन्न कारणले खुट्टा गुमाउन पुगेका अति आवश्यक भएका सात जनालाई निःशुल्क रुपमा कृत्रिम खुट्टा वितरण गरिएको जानकारी दिए ।