सोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकार

फ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसंघीय बालकोषले जनाएको छ।

ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय समस्या झेल्न बाध्य भएका छन्। उक्त विश्व स्वास्थ्य संस्थाले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै  तत्काल पोषण सहायता उपलव्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको छ।

अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहुर्नुपरेको, गाईवस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्यप्रायः भएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको पूर्वी र दक्षिण अफ्रिकाका लागि कोषका क्षेत्रीय निर्देशक मोहम्मख फलले बताएका छन्।

Comments are closed.