आफ्ना सन्तानप्रति चिन्तित हुनु र उनीहरूको आगत सुन्दर होस् भनेर कामना गर्नु हरेक अभिभावकको कर्तव्य हो।झन् आमा,कुरै अर्को।तर हाम्री आमा कडा र निराशावादी बढी,जब यो घनटाउके भनेर चेलाचेलीहरू घरभरि पढ्न आए,जब दाजी गोविन्दराज भट्टराईज्यू जस्ता मेघा व्यक्तित्व घरमा आउनुभयो,जब दोसल्लाहरू आए,अनि आमा बोल्नुभयो, ” यो घन टाउके,कस्तो झुल्के घाममा जन्मेको थियो ,यस्तो औतारी हुन पो रहेछ। बुहारी पनि लछिनकी।यिनी आएपछि घरको अनुहार उज्यालो भयो।” नत्र आमाको चिन्ता, ” म मरेपछि कसरी गरी खाने होला?” पहिले आफ्नो सन्तानमाथि भरोसा थिएन।पिताश्री त देवता हुनुहुन्थ्यो। ” बियर न पिउने र तास न खेल्ने हो भने,चाइन्जोकेरे,मेरो छोरो ईश्वर नै हो !” पिताश्रीको मनको पूकार। अब मातापिता इतिहास हुनुभयो,मनभित्र मात्र।उहाँहरू नभएर पनि हुनुहुन्छ।सपनामा जहिले पनि आउनुहुन्छ।अब आयो हाम्रो पालो, अनिता,कविता र आरजू।चिन्ता त लाग्ने नै भयो।तर हामी ढुक्क ।तीनपटक अष्ट्रेलिया पुगेर आइयो,यो के कम हो?बुहारी नै ” लक्ष्मी !” केको चिन्ता!!अब राजनीति,यी बूढा गोरुहरूले नयाँ बहरहरूलाई न पत्याउने! मैले ६५ माथिका सबैलाई बढार्न भनेको अभिधामा होइन।नयाँ पुस्ता आउनैपर्छ। अब बिल्कुल नयाँ अनुहार हेर्न मन छ,प्रधानमन्त्रीको रूपमा।समयको गति निराला! हामी ” छापे जडसूत्रवादीहरू ” पूरानै राग अलापेर उही गीत र गजल गाएर आफ्नै आत्मरतिमा मख्ख। भोलि अझ चर्को स्वरमा घण्टी बज्ने छ।नायक,अनिल कपूर,घण्टी र रविलामिछाने,बालेन,हर्क,गोपाल,हरि ढकाल युग आएछ भने नौलो नमाने हुन्छ।देश कसैको बाउको विर्ता होइन।जनता कुनै आस्थाको दास हुन्न। होशियार दले हो, पन्चायत पनि त मोतीराम भट्ट भएर जन्मिएको हो! हरेक कुरा जन्मेपछि मर्छ। आगे आगे देखिये होता है क्या!! नमन सबैमा!!
धनराज गिरी